Breaking Posts

6/trending/recent
Type Here to Get Search Results !

चार लाख रुपियाँ घुस सहित नापी सर्भेक्षक र लेखापढी व्यवसायी पक्राउ - Brighter Khabar


असार २८ गते । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नापी कार्यालय लगनखेल, ललितपुरमा कार्यरत सर्भेक्षक संजिव कुमार यादव र आर.बि. लेखापढी सेन्टरका सञ्चालक राम बाबु भुजेललाई घुस लिएको आरोपमा पक्राउ गरेको छ । 


जग्गा हालसाविक गरी पूर्जा उपलब्ध गराइदिने प्रयोजनका लागि सेवाग्राहीसँग चार लाख रुपियाँ घुस लिइसकेको अवस्थामा दुवैजनालाई पक्राउ गरिएको जानकारी प्रवक्ता नरहरि घिमिरेले दिनुभयो ।  


महानगरपालिका वडा नं. १२ हनुमानस्थान, लगनखेलमा रहेको आर.बि. सेन्टरबाट नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको छ।

Top Post Ad

post bottom ads

Ads Bottom