Breaking Posts

6/trending/recent
Type Here to Get Search Results !

काठमाडौँ जिल्ला अदालतमा गत एक वर्षमा ४ हजार ४ सय ६६ जोडीद्वारा सम्बन्ध विच्छेदको मुद्दा - Brighter khabar


साउन १३,  काठमाडौं जिल्ला अदालतमा आर्थिक वर्ष २०८०/८१ मा चार हजार चार सय ६६ जोडीले सम्बन्ध बिच्छेदका लागि मुद्दा दर्ता गराएका छन्। 


यसरी हेर्दा दैनिक सरदर १३ जोडी कानुनी रूपमा सम्बन्ध बिच्छेदका लागि अदालत पुग्ने गरेको देखिन्छ। 


सर्वोच्च अदालतको तथ्यांकअनुसार आव २०७९/८० मा देशभरिका अदालतमा गरी ४० हजार १८३ जोडीले सम्बन्ध विच्छेदको मुद्दा हालेका थिए। 


यो तथ्यांक केलाउँदा उक्त आवमा देशभरिका अदालतमा दैनिक सरदर १११ जोडीले सम्बन्ध विच्छेदका लागि मुद्दा दर्ता गरेको देखिन्छ।

Top Post Ad

post bottom ads

Ads Bottom