Breaking Posts

6/trending/recent
Type Here to Get Search Results !

बीस हजार अमेरिकी डलरसहित एक जना नेपाली नागरिक पक्राउ - Brighter khabar


साउन ९,  लुकाइ छिपाइ अवैधरुपमा बाहिरी मुलुक तर्फ लैजान लागेको बीस हजार अमेरिकी डलरसहित नेपाली नागरिकलाई प्रहरीले पक्राउ गरेको छ ।


पक्राउ पर्नेमा आमाछोदिङ्मो गाँउपालिका पाँच पाजुङका २२ बर्षिया नुर्पु तामाङ रहेको जिल्ला प्रहरी कार्यालय रसुवाले जनाएको छ ।


रसुवागढी नाका हुँदै चीनको केरुङतर्फ लैजान लागेको अवस्थामा तामाङलाई गोसाईकुण्ड गाँउपालिका- २ स्थित टिमुरेबाट रसुवागढीतर्फ गईरहेको अवस्थामा पक्राउ गरिएको हो ।


इलाका प्रहरी कार्यालय टिमुरे, प्रहरी चौकि रसुवागढी, सशस्त्र प्रहरी बल टिमुरे र रसुवा भन्सार कार्यालयको संयुक्त्त टोलिले चेक जाँचका क्रममा अमेरिकी डलर एक सयका नोट दुई सय थान गरी बीस हजार अमेरिुकी डलरसहित पक्राउ गरेको जिल्ला प्रहरि कार्यालय रसुवा प्रहरी नायव उपरीक्षक केशव भट्टराईले बताउनुभयो ।


थप अनुसन्धानका लागि राजश्व अनुसन्धान बिभाग हरिहर भवन ललितपुर पठाईएको उहाँले बताउनुभयो ।

Top Post Ad

post bottom ads

Ads Bottom