Breaking Posts

6/trending/recent
Type Here to Get Search Results !

तनहुँमा खोलामा नुहाउने क्रममा शनिवार दिउँसो बेपत्ता भएका दुई जना मृत भेटिए - Brighter khabar


असार ३१ गते । खोलाले बगाउँदा तनहुँमा दुईको मृत्यु भएको छ  । व्यास नगरपालिका–५ साँगे निवासी  २० वर्षीय शिशिर कुमालको आइतबार साँझ घर नजिकैको साँगे खोलाले बगाउँदा मृत्यु भएको हो भने भानु नगरपालिका–६ लेङगाबारीका ३१ वर्षीय निमबहादुर मश्राङ्गीको चुँदीखोलाले बगाउँदा मृत्यु भएको हो ।  


जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरीक्षक दीपककुमार रायका अनुसार बगाएर बेपत्ता हुनु भएका कुमालको घरदेखि करिब एक किलोमिटर टाढा रहेको साँगे खोलामा डुबेको अवस्थामा स्थानीयले देखेपछि तत्काल उद्धार गरी दमौली अस्पतालमा पु र्‍याउँदा मृत्यु भैसकेको थियो । 


चुँदी खोलामा नुहाउने क्रममा शनिवार दिउँसो बेपत्ता भएका मश्राङ्गी आइतबार भानु नगरपालिका–५ पञ्चनगरस्थित चुँदीखोला किनारमा मृत अवस्थामा फेला परेको थियो । दुवै घटना सम्बन्धमा थप अनुसन्धान भइरहेको छ । 

Top Post Ad

post bottom ads

Ads Bottom