Breaking Posts

6/trending/recent
Type Here to Get Search Results !

नारायणी नदीमा दुई पुरुष र एक महिलाको शव फेला , पहिचानमा समस्या - Brighter Khabar


असार २५, नवलपरासीको गैँडाकोट– १ नारायणी नदीमा तीनजनाको शव फेला परेको छ। 


जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी नायब उपरीक्षक वेदबहादुर पौडेलका अनुसार गैँडाकोट– १ मजुवा सामुदायिक वननजिक नारायणी नदी किनारमा दुई पुरुष र एक महिलाको शव सडेगलेको अवस्थामा भेटिएको हो ।


अहिले शव मुचुल्का उठाएर भरतपुर अस्पताल चितवनामा पाेष्टमाटमका लागि राखिएकाे छ । शवको पहिचान हुन सकेको छैन। उक्त शव बाढीले बगाएर ल्याएको हुन सक्ने अनुमान गरिएको छ । 


घटनाको अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Top Post Ad

post bottom ads

Ads Bottom