Breaking Posts

6/trending/recent
Type Here to Get Search Results !

नवलपरासीमा खोलाले बगाएका एक पुरुष मृत भेटिए, एक जना अझै वेपत्ता - Brighter khabar


असार २७, पूर्वी नवलपरासीमा खोलाले बगाएका एक पुरुष मृत भेटिएका छन ।


मध्यविन्दु नगरपालिका ४ मदनपुर घर भएका ३५ वर्षिय सुर्य परियारलाई आज दिउँसो खोलाले बगाएको थियो ।


मध्यबिन्दु नगरपालिका ५ बागखोर स्थित उल्टी खोल र छपछुपी खोलाको किनारमा उनको लासफेला परेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी एवं प्रहरी नायव उपरिक्षक बेदबहादुर पौडेलले जानकारी दिनुभयो ।


त्यस्तै बौदीकाली गाउँपालिकामा मेला जाने क्रममा बौदीखोलाले  बगाएका  खारा घर भएका ४८ वर्षका बिशाल कार्कीको खोजी कार्य जारी रहेका प्रहरीले जनाएको छ ।


बेपत्ता भएका कार्कीको इलाका प्रहरी कार्यालय डेडगाँउबाट खटिएको टोलीले खोजतलास गरिरहेको प्रहरीले जनाएको छ ।

Top Post Ad

post bottom ads

Ads Bottom