Breaking Posts

6/trending/recent
Type Here to Get Search Results !

रेलमार्ग निर्माणका लागि सर्वे गर्न आएका प्राविधिक टोली चितवनका स्थानीयको नियन्त्रणमा - Brighter Khabar


साउन २ गते । पूर्व–पश्चिम रेलमार्ग निर्माणका लागि सर्वे गर्न आएका प्राविधिकको टोलीलाई चितवनका स्थानीयले नियन्त्रणमा लिएका छन् । भरतपुर महानगरको वडा ७ कृष्णपुर क्षेत्रमा एउटा गाडीको छतमा क्यामेरा राखेर सर्वे गर्दैगर्दा स्थानीयले नियन्त्रणमा लिएको स्थानीय घनश्याम दाहालले जानकारी दिए  । 


पूर्वी नेपालबाट सर्वे र केही स्थानमा निर्माण हुँदैआएको रेलमार्गको भरतपुरको दक्षिण कृष्णपुर क्षेत्र हुँदै लिक जाने भएपछि केही महिनाअघि विरोध जनाएका थिए । सो स्थानमा रेलमार्ग निर्माण गर्न नहुने, वैकल्पिक स्थानबाट लैजानु पर्ने भन्दै यसअघि माग राखेका थिए । सरकारबाट अनुमति लिएर आएको दाबी गर्ने आरएच कन्सल्टेन्सीको टोलीलाई स्थानीय बासिन्दाले गाडी र उपकरणसहित नियन्त्रणमा लिएको बताएका छन् ।  


सर्वे गर्न आएको टोलीले  रेलमार्गको गुगल म्याप सर्भे गर्नआएको स्थानीयलाई बताएको रेलमार्ग पीडित सङ्घर्ष समितिका सचिव दिव्य नेपालले जानकारी दिए ।

Top Post Ad

post bottom ads

Ads Bottom