Breaking Posts

6/trending/recent
Type Here to Get Search Results !

जङ्गली च्याउ टिप्न गएकी एक महिला भालुको आक्रमणबाट गम्भीर घाइते - Brighter khabar


असार २७, दाङमा भालुको आक्रमणबाट एक महिला गम्भिर घाईते भएकी छिन् । लमही नगरपालिका–६ स्थित कर्री सामुदायिक वन क्षेत्रमा जंगली च्याउ टिप्ने क्रममा भालुको आक्रमणबाट देउपुर निवासी ४६ बर्षिय सहरी घर्ती गम्भिर घाईते भएकी हुन् ।


आज विहान करिब साढे पाँच बजे जंगली च्याउ टिप्ने क्रममा उनलाई भालुले आक्रमण गरेको थियो । उनको अनुहारमा गम्भिर चोट लागेको छ भने दुवै हात भाँचिएको छ । घाईते घर्तीको लमही अस्पतालमा प्राथमिक उपचारपछी थप उपचारको लागी बुटवल लगिएको छ ।


घर्ती चार-पाँच जनाको समुहमा च्याउ टिप्न जंगल गएकी थिइन् । उनका दुई जना साथिलाई भालुको नंग्रा लागेको भएपनि भाग्न सफल भएको नेपाल सशस्त्र प्रहरी ४१ नं. रिजर्भ गण अर्जुन खोलाका प्रहरी नायव निरिक्षक प्रकाश ढकालले जानकारी दिए ।

Top Post Ad

post bottom ads

Ads Bottom