Breaking Posts

6/trending/recent
Type Here to Get Search Results !

मोटरसाइकल दुर्घटनामा ज्यान गुमाएका युवकको पहिचान हुन नसकेपछि मृतकका आफन्त खोज्दै प्रहरी - Brighter khabar

 


साउन २, मोटरसाइकल दुर्घटनामा युवकको ज्यान गएपछि प्रहरीले मृतकका आफन्तलाई सम्पर्कमा आउन आग्रह गरेको छ ।

बुधवार पौने २ बजेको समयमा सुनसरीको धरान १३  स्थित कोसी लोक मार्गमा मोटरसाइकल दुर्घटनामा परि ज्यान गुमाएका युवकको पहिचान नखुलेपछि प्रहरीले शव सार्वजनिक गर्दै उनलाई चिन्ने जो कसैलाई सम्पर्कमा आउन आग्रह गरेको हो ।

प्रदेश१-०२-०४८प ४९२४ नं.को २०० सिसीको एन एस  पल्सर  दुर्घटना हुँदा मोटरसाइकल चालकको ज्यान गएको प्रहरीले जनाएको छ ।

निजको साथबाट परिचय खुल्ने कुनै कागजपत्र फेला नपरेकाले उनलाई चिन्ने  अथवा उनका आफन्तलाई जिल्ला प्रहरी कार्यालय इटहरीको सम्पर्कमा आउन प्रहरीले अनुरोध गरेको छ 

Top Post Ad

post bottom ads

Ads Bottom