Breaking Posts

6/trending/recent
Type Here to Get Search Results !

त्रिशूली नदीमा हराइरहेको यात्रुसहितको दुई वटा बस खोजी कार्यमा तीन सय सुरक्षा फौज परिचालन - Brighter khabar


साउन १ गते । चितवनको भरतपुर महानगरपालिका–२९ सिमलतालस्थित त्रिशूली नदीमा दुर्घटना भई हराइरहेको यात्रुसहितको दुई वटा बस खोजी कार्यका लागि तीन सय एक जनाकाे सुरक्षा फौज परिचालन गरिएको छ ।


गत शुक्रबारदेखि हराइरहेको यात्रुसहितको दुई वटा बस खोजी कार्यका लागि साउन १ गते अर्थात् आज (मङ्गलबार) सशस्त्र प्रहरीको तीन सय एक जना सुरक्षा फौज घटनास्थलदेखि करिब एक सय ३२ किलोमिटर दूरी रहेको गण्डक ब्यारेजसम्म परिचालन भएका हुन् ।


सशस्त्रका डिएसपी एवम् सहप्रवक्ता शैलेन्द्र थापाले दुर्घटनास्थल सिमलताल वरिपरिका ठाउँहरुमा सशस्त्र प्रहरी बल नेपाल विपद् व्यवस्थापन तालिम शिक्षालय कुरिनटारबाट सशस्त्र प्रहरी उपरीक्षकको कमाण्डमा ११ जना, गोताखोरसहित ८६ जनाको सुरक्षा फौज दुई वटा मोटर बोट र सात वटा र्‍याफ्ट बोटसहित परिचालन भएको जानकारी दिए ।


त्यस्तै, सशस्त्र प्रहरी बल नेपाल नं. १७ गण चितवनबाट सशस्त्र प्रहरी उपरीक्षकको कमाण्डमा एक सय १५ जनाको सुरक्षा फौज विभिन्न १५ वटा टोली बनाएर घटनास्थल, देवघाटदेखि शिवघाटसम्म, शिवघाटदेखि सिसवारसम्म, सिसवारदेखि गोलघाटसम्म परिचालन भएको छ ।


सोही गणबाट खटिएको फौज सिसवारदेखि गोलाघाटसम्म, आँपटारी, रामनगर, जुगेडी, गाईघाट, देवघाट, पुल्चोक, शिवघाट, गाजीपुर, सिसवार, गोलाघाट लगायतका ठाउँहरुमा परिचालित भएकोे छ ।


त्यसैगरी, सशस्त्र प्रहरी बल नेपाल नं. २६ गण पश्चिम नवलपरासीबाट सशस्त्र प्रहरी निरीक्षकको कमाण्डमा ६० जनाको सुरक्षा फौज गण्डक ब्यारेज इलाकामा परिचालन भएको छ भने सशस्त्र प्रहरी बल नेपाल नं. ३१ गुल्म पूर्वी नवलपरासीबाट सशस्त्र प्रहरी सहायक निरीक्षकको कमाण्डमा १० जनाको सुरक्षा फौज गैडाकोट नगरपालिका–१० को इलाकामा परिचालित भएको छ ।


सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्ट त्रिवेणीबाट सशस्त्र प्रहरी निरीक्षकको कमाण्डमा १० जनाको टोली गण्डक ब्यारेज इलाका, सुरक्षा बेस चोरमाराबाट सशस्त्र प्रहरी सहायक निरीक्षकको कमाण्डमा १० जनाको टोली पूूर्वी नवलपरासी जिल्लाको मध्यबिन्दु नगरपालिका–३ भुटाहा इलाका र सुरक्षा बेस प्रगतिनगरबाट सशस्त्र प्रहरी सहायक निरीक्षकको कमाण्डमा १० जनाको टोली देवचुली नगरपालिका–१५ खर्कटा इलाकामा परिचालित भएका छन् ।


वीरगञ्जबाट काठमाडौँतर्फ आउँदै गरेको बागमती प्रदेश ०३–००६ ख १५१६ नम्बरको डिलक्स र काठमाडौंबाट गौरतर्फ जाँदै गरेको बाग्मती प्रदेश ०३–०११ ख २५९५ नम्बरको बस त्रिशूली नदीमा बेपत्ता भएको थियो ।


खोजी तथा उद्धारका लागि सशस्त्र प्रहरी बल नेपाल विपद् व्यवस्थापन तालिम शिक्षालय कुरिनटारबाट दुई वटा सोनार डिभाइस, दुई वटा मोटर बोट र ६ वटा र्‍याफ्ट बोट प्रयोग भएको छ भने सशस्त्र प्रहरी बल नेपाल नं. १७ गण चितवनबाट एक सोनार डिभाइस, एक वटा मोटर बोट र पाँच वटा र्‍याफ्टसहित जम्मा १४ वटा बोट प्रयोग गरिएको छ । हालसम्म फेला परेका १५ वटा शवमध्ये ९ वटाको सनाखत भएको छ भने ६ वटाको सनाखत हुन बाँकी छ ।


Top Post Ad

post bottom ads

Ads Bottom