Breaking Posts

6/trending/recent
Type Here to Get Search Results !

स्याङ्जामा पहिरोमा परी २ जनाको मृत्यु, १ जना बेपत्ता , ५ जनाको उद्धार - Brighter Khabar


असार २२, स्याङ्जामा  पहिरोमा परी २ जनाको मृत्यु भएको छ भने  १ जना बेपत्ता भएका छन् । 

शनिवार  स्याङ्जा बिरुवा गाउँपालिका- ६ लामाखेतस्थित सोही ठाउँ बस्ने ईश्वरी लम्सालको घरमा शनिवार दिउँसो पहिरो जाँदा बिरुवा ६ माझकोट बस्ने ६५ वर्षीय गुईश्वरी शर्मा मरासिनी र  ६७ वर्षीय हरिमाया शर्माको मृत्यु भएको हो ।

सोही गाउँपालिका-६ माझकोट बस्ने ७१ वर्षीय माधव शर्मा बेपत्ता भएको प्रहरीले जनाएको छ । प्रहरी चौकी बिरुवा अर्चलेबाट खटिएको प्रहरी टोलीले  बेपत्ता शर्माको खोजी गरिरहेको छ । 

त्यस्तै सामान्य घाइते भएका ५ जनाको उद्धार गरिएको छ ।

Top Post Ad

post bottom ads

Ads Bottom