फरार रहेका मेल्लेख गाउँपालिका –३ ठाँटी निवासी २५ वर्षीय मनराज कामीलाई अछाम प्रहरीले घरबाट पक्राउ गरेको हो ।
इलाका प्रहरी कार्यालय साँफेबगरको टोलीले कामीलाई घरबाट पक्राउ गरेर आवश्यक कारबाहीका लागि कञ्चनपुर प्रहरीमा पठाइएको अछाम प्रहरीका सूचना अधिकारी प्रहरी निरीक्षक जय पार्कीले जानकारी दिनुभयो ।
“कञ्चनपुरबाट हामीलाई पक्राउमा सहयोग गर्न पत्र आएअनुसार हामीले पक्राउ गरेर उतै (कञ्चनपुर) पठाएका छौँ” पार्कीले भन्नुभयो ।
अछाम प्रहरीका अनुसार लोक सेवा आयोग ऐन २०७९ सम्बन्धी कसुर मुद्दामा कञ्चनपुर जिल्ला अदालतले कामीलाई पक्राउ आदेश दिएको थियो । वन रक्षकको परीक्षामा कामी नक्कली परीक्षार्थी रहेको आरोप छ ।