Breaking Posts

6/trending/recent
Type Here to Get Search Results !

गुल्मीमा अविरल वर्षासँगै पहिरोमा पुरिएकी एक जना महिलाको जिवितै उद्दार - Brighter khabar


असार २२, गुल्मीमा अविरल वर्षासँगै पहिरोमा पुरिएकी एक जना महिलाको जिवितै उद्दार गरिएको छ । जिल्लाको रुरुक्षेत्र गाउँपालिका वडानम्बर- ३ ठाटिपौवा स्थित ४५ की रुपा तमाटालाई जिवितै उद्दार गरिएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायब उपरीक्षक शंकर पोखरेलले बताउनुभयो ।


तमाटाको ढुङ्गा माटोले बनेको १ तले टिनले छाएको घरमा माथिबाट ढुङ्गा ,माटो सहितको पहिरो आई घर पुर्णरुपमा पुरेको थियो । उनलाई स्थानीय र प्रहरीले पहिरोबाट जिवितै उद्दार गरेका छन् ।


उद्दार पछि उनलाई थप उपचारको लागि रिडी प्राथमिक उपचार केन्द्रमा पठाएको प्रहरीले जनाएको छ । उनको हल्का बोल्न सक्ने मध्यम अवस्था रहेको छ ।


घटना घटेको समयमा निज एक्लै घरमा रहेको भन्ने बुझिएको छ । हाल घरमा निजको छोरी रहेको र उनी घाँस काट्न गएको भन्ने बुझिएको छ । उहाँका श्रीमान, एक छोरा भारतमा रहेको प्रहरीले जनाएको छ ।

Top Post Ad

post bottom ads

Ads Bottom