Breaking Posts

6/trending/recent
Type Here to Get Search Results !

यात्रुवाहक बस दुर्घटना हुँदा १५ जना घाइते, ३ जनाको अवस्था गम्भीर - Brighter khabar


साउन १,  वीरगन्ज–पथलैया सडकखण्डमा  यात्रुवाहक बस दुर्घटना हुँदा १५ जना घाइते भएका छन् । चितवनको नारायणगढबाट पर्साको वीरगन्ज आउँदै गरेको ना ७ ख ६०७६ नम्बरको बस दुर्घटना हुँदा १५ जना घाइते भएका हुन् । घाइतेमध्ये ३ जनाको अवस्था गम्भीर रहेको छ ।

बाराको जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर २३ स्थित डाबर नेपाल प्रालि नजिकको सडकमा मंगलबार बिहान ११ बजेतिर अनियन्त्रित भइ पल्टिएको हो । 

दुर्घटनाका घाइते तीनजनाबाहेक अन्यको अवस्था मध्यम र सामान्य रहेको जिल्ला ट्राफिक कार्यालय पर्साले जनाएको छ ।

Top Post Ad

post bottom ads

Ads Bottom