Breaking Posts

6/trending/recent
Type Here to Get Search Results !

मनसुन सुरु भएयता प्राकृतिक विपत्तिमा परी देशभर ७० जनाले ज्यान गुमाए - Brighter khabar


असार २३, मनसुन सुरु भएयता प्राकृतिक विपत्तिमा परी देशभर ७० जनाको मृत्यु भएको छ । असार २२ र २३ गते दुई दिनको अवधिमै १४ जनाले ज्यान गुमाएका छन् । २ जना बेपत्ता छन् भने १९ जना घाइते छन् । गृह मन्त्रालय अन्तर्गतको राष्ट्रिय आपत्‌कालीन सञ्चालन केन्द्रका अनुसार बाढी, पहिरो, भारी वर्षाका घटनाबाट तनहुँ र स्याङ्जामा ३/३ जनाको मृत्यु भएको छ ।


काभ्रे, पर्वत र दाङमा २/२ तथा काठमाडौं र उदयपुरमा १/१ जनाको मृत्यु भएको छ । शुक्रबार रातिदेखिको अविरल वर्षाले तराई मधेशमा डुबान र पहाडमा पहिरोको प्रकोप देखिएको छ । त्यसबाट १ सय ४७ भन्दा बढि घर परिवार प्रभावित भएका छन् । घर, सडक लगायतका सार्वजनिक भौतिक संरचनामा क्षति पुगेको छ ।


राष्ट्रिय आपत्‌कालीन सञ्चालन केन्द्रमा अभिलेख भएका १ सय ४ घटनाबाट १४ लाख ५७ हजार रुपैयाँ बराबरको क्षति भएको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार आजदेखि काठमाडौं उपत्यका सहितका पूर्वी भागमा तुलनात्मक रूपमा मौसममा सुधार देखिएको छ ।


तर आज सुदूरपश्चिम र कर्णाली प्रदेशको तल्लो भाग भने प्रभावित हुनेछ । सोमबारदेखि मौसममा आजको भन्दा पनि धेरै सुधार आउने मौशम पुर्वानुमान महाशाखाले जनाएको छ ।

Top Post Ad

post bottom ads

Ads Bottom