Breaking Posts

6/trending/recent
Type Here to Get Search Results !

यात्रुवाहक बस अनियन्त्रित भई बर्ल्याङ्ग खेलेपछि - Brighter khabar

दुर्घटनास्थल । तस्बिरः सशस्त्र प्रहरी


असार २७ गते। बाराको जितपुर सिमरा उपमहानगरपालिका–१६ पसाहा पुल नजिकै भएको सवारी दुर्घटनाका घाइतेको सकुशल उद्धार भएको छ। 


सशस्त्र प्रहरीका सहप्रवक्ता डिएसपी शैलेन्द्र थापाका  अनुसार दुर्घटनामा घाइते भएका १३ जनाको सकुशल उद्धार भएको हो। घाइतेमध्ये दुई जनाको अवस्था गम्भीर छ। 


मलंगवाबाट वीरगन्जतर्फ जाँदै गरेको ना. ४ ख ७१९४ नम्बरको बस अनियन्त्रित भई दुर्घटना भएको हो। उक्त बसमा ३१ यात्रु सवार थिए। 


दुर्घटना लगत्तै उद्धारका लागि सशस्त्र प्रहरी बल नेपाल नम्बर ४० रिजर्भ गण बाराबाट सुरक्षाकर्मी खटिएका थिए। सबै घाइतेलाई उद्धार गरेर प्रहरीले सिमरा अस्पताल पुर्‍याएको छ।

Top Post Ad

post bottom ads

Ads Bottom