Breaking Posts

6/trending/recent
Type Here to Get Search Results !

एसीसी महिला एसिया कप: यूएईमाथि नेपालको शानदार जित - Brighter khabar


साउन ४ गते । एसीसी महिला एसिया कप क्रिकेटको पहिलो खेलमा नेपालले यूएईमाथि ६ विकेटको शानदार जित निकालेको छ । 


श्रीलङ्काकाे 'डांबुला स्टेडिएम'मा भएको  खेलमा नेपालविरुद्ध पहिला ब्याटिङ गरेको यूएईले दिएको ११६ रनको लक्ष्य नेपालले १६.१ ओभरमा ११८ रन बनाउँदै भेट्टाएको हो । 


नेपालको जितमा सम्झना खड्काले ४५ बलमा नटआउट ७२ रन बनाउनुभयो । उहाँले ११ चौकाको मद्दतमा शानदार अर्धशतक बनाउनुभएको हो । उहाँको यो अन्तर्राष्ट्रिय प्रतिस्पर्धाको पहिलो अर्धशतक हो । 


नेपालका लागि  रुविना क्षेत्रीले ८ बलमा १० रन जोड्दा कप्तान इन्दु बर्माले १० बलमा ६ रन जोड्नुभयाे । सीता रानामगर १७ बलको सामना गर्दै ७ रन जोडेर आउट हुँदा कविता कुँवरले २ रन जोड्नुभयो भने पुजा महतो ७ रनमा नटआउट रहनुभयो ।


यूएईले पूरै २० ओभर खेल्दै ८ विकेटको क्षतिमा ११५ रन बनाएको थियो । यूएईलाई सस्तैमा समेट्न नेपालका कप्तान इन्दु बर्माले तीन विकेट लिनुभयो । सबनम राई, कृतिका मरासिनी र कविता जोशीले एकएक विकेट हात पार्नुभयो ।

Top Post Ad

post bottom ads

Ads Bottom