Breaking Posts

6/trending/recent
Type Here to Get Search Results !

लाखौँ रुपैयाँ पर्ने कस्तुरीको विनासहित एक जना पक्राउ - Brighter Khabar


साउन ३,  कस्तुरीको विनासहित एकजनालाई प्रहरीले पक्राउ गरेको छ । बुधबार नाम्खा गाउँपालिका-२ का कन्जोक तामाङलाई कस्तुरीको विनासहित पक्राउ गरेको हो।


जिल्ला प्रहरी कार्यालय हुम्लाका अनुसार सिमकोट गाउँपालिका-६ स्थित तामाङको घरबाट ३४९ ग्राम कस्तुरीको विनासहित उनलाई पक्राउ गरिएको हो ।


उनी दिल्ली हुँदै साउन -१ गते बेलुकी सिमकोट पुगेको खुल्न आएको जिल्ला प्रहरी कार्यालय हुम्लाका प्रहरी नायब उपरीक्षक रविन्द्र खनालले जानकारी दिए  । बरामद गरिएको कस्तुरीको विनाको मुल्य ११ लाख रुपैयाँ जति पर्न आउने प्रहरी प्रहरीले जनाएको छ ।


बरामद गरिएको कस्तुरीको विना र तामाङलाई डिभिजन वन कार्यालय हुम्लालाई बुझाइने जिल्ला प्रहरी कार्यालय हुम्लाका प्रहरी नायब प्रहरी उपरीक्षक खनालले बताउनुभयो ।

Top Post Ad

post bottom ads

Ads Bottom