Breaking Posts

6/trending/recent
Type Here to Get Search Results !

पहिरोमा पुरिएर एकै परिवारका दुई जनाको ज्यान गयो, एक जना घाइते - Brighter khabar


साउन १, सङ्खुवासभाको सिलिचोङ गाउँपालिका–१ सिसुवाखोलामा पहिरोमा पुरिएर एकै परिवारका दुई जनाको मृत्यु भएको छ । 


पहिरोमा परी ५५ वर्षीया मोतिमाया राई र २५ वर्षीया समीक्षा राईको मृत्यु भएको सिलिचोङ गाउँपालिका अध्यक्ष भूपालराज मेहवाहाङले  जानकारी दिए ।


पहिरोसँगै खसेको विशाल ढुङ्गाले किचेर ५५ वर्षीया मोतिमाया र उनकी बुहारी समीक्षाको मृत्यु भएको हो । ढुङ्गाले किचेर २९ वर्षीया रविना राईलाई गम्भीर घाइते बनाएको छ  । 


उनलाई उपचारका लागि नेपाली सेनाको हेलिकप्टरमार्फत काठमाडौँ लैजाने तयारी भइरहेको छ ।

Top Post Ad

post bottom ads

Ads Bottom