Breaking Posts

6/trending/recent
Type Here to Get Search Results !

गोरखामा श्रीमती हत्या गरेर नाटक गर्ने श्रीमान् प्रहरीको नियन्त्रणमा - Brighter Khabar


असार ३१ गते । गोरखामा श्रीमती हत्या गरेको आरोपमा कुमार सार्की पक्राउ परेका छन्। बारपाक सुलीकोट गाउँपालिका– ७ बालुवा बस्ने ३१ वर्षीय सार्कीलाई प्रहरीले पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी नायब उपरीक्षक रमेशकुमार श्रेष्ठले जानकारी दिनुभयो। 


उहाँका अनुसार असार २६ गते राति ११ बजे बारपाक सुलीकोट गाउँपालिका – ७ बालुवाको आफ्नै घरमा २६ वर्षीय श्रीमती सुनिता नेपालीलाई घर भित्रको बलोमा सलको पासो लगाई झुण्डाएर मारेको प्रहरीको अनुसन्धानबाट खुलेको हो। 


सार्कीले श्रीमती झुण्डिएको भन्दै एक्लै पासो काटेर स्थानीयसँगै प्रहरीलाई समेत खबर गरेका थिए। प्रहरीलाई खबर गर्न साथ घटनास्थलमा प्रहरी पुगी प्रारम्भिक अनुसन्धानको कार्य सम्पन्न गरी शव पोष्टमार्टमका लागि जिल्ला अस्पताल गोरखामा पठाएको छ।


श्रीमानले नै कुटपिट गरी कर्तव्य गरी हत्या गरेको र घटना लुकाउन झुण्डिएको भनी देखाउन सलको पासो समेत काटी मञ्चन गरिएको प्रहरी अनुसन्धानबाट खुलेको छ। 


दरखास्त जाहेरीको आधारमा २९ गते शनिबार कुमार सार्कीलाई पक्राउ गरी ज्यान सम्बन्धी कसुर (कर्तव्य ज्यान) शीर्षकमा मुद्दा दर्ता गरी जिल्ला अदालत गोरखाबाट ७ दिनको म्याद थप गरी अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ। 

Top Post Ad

post bottom ads

Ads Bottom