Breaking Posts

6/trending/recent
Type Here to Get Search Results !

सडक भासिएपछि सिद्धार्थ राजमार्ग भएर यात्रा गर्ने यात्रु जोखिममा - Brighter khabar


साउन ८, सिद्धार्थ राजमार्ग अन्तर्गत पाल्पा-बुटवल खण्डको हिउँदे खोला नजिकै झन्डै ६० मिटर सडक भासिएको छ । तिनाउ गाउँपालिका-५ हिउँदेखोलामा निरन्तरको वर्षाले सडक भासिएको सडक डिभिजन कार्यालय पाल्पाले जनाएको छ ।


यही खण्डमा दुई वर्ष अघि पनि सडक भासिदा यात्रुले हप्ता दश दिन सास्ती भोग्नु परेको थियो । अहिले पुन सडक भासिदा यात्रु र सवारी जोखिम मोलेरै यात्रा गर्न बाध्य छन् ।


भासिएको खण्डको दीर्घकालिन समस्या समाधनको लागि राज्यले ध्यान नदिंदा पुनः समस्या भोग्नु परेको यात्रुको गुनासो छ । यस खडक भएर दैनिक चार हजार बढी साना ठुला सवारी आवतजावत गर्दै आएका छन ।


तल्लो भागमा रिटेनिङ वाल लगाएको र माथिल्लो भागमा सडक चौडा गरेको भए पनि सडक भासिएको सडक डिभिजन कार्यालय पाल्पाका प्रमुख बाबुराम सापकोटाले जानकारी दिनुभयो ।


सडकको तल्लो भाग भासिने र माथिल्लो भागबाट पहिरोको जोखिम रहेकोले सावधानि अपनाएर मात्र यात्रा गर्न जिल्ला प्रहरी कार्यालय पाल्पाले अनुरोध गरेको छ ।


ठुला सवारी सञ्चालन गर्दा अझ सडक भासिएर जोखिम निम्तीन सक्ने भएकोले अहिले डाइभर्सन निर्माण गरिएको पाल्पाका प्रमुख जिल्ला अधिकारी आनन्द काफ्लेले बताउनुभयो ।

Top Post Ad

post bottom ads

Ads Bottom