Breaking Posts

6/trending/recent
Type Here to Get Search Results !

पोखरामा ट्याङ्करबाट डिजेल चोरी गरी ४ हजारमा किनबेच गर्ने दुई जना पक्राउ - Brighter khabar


साउन ८ गते , पोखरा ।  रोकी राखेको ट्रकको डिजेल चोरी गर्ने २ जनालाई कास्की प्रहरीले  पक्राउ गरेको छ । पोखरा महानगरपालिका वडा नं.०५ प्रस्याङ स्थित पार्किङ गरी राखेको बा ०१००६ ख ३८४० नम्बरको ट्रकको डिजेल ट्याङ्कीबाट चोरी गर्ने दुई जनालाई प्रहरीले नियन्त्रणमा लिएको हो ।


पोखरा महानगरपालिका वडा नं.०२ फिर्के पुल बस्ने १९ वर्षीय  रोहित नेपाली र पोखरा-दमौली चल्ने ग १ ख ७१०२ नम्बरको बस धनी  बागलुङ बसपार्क बस्ने  ४८ वर्षीय  जीवन श्रेष्ठलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।

सोधपुछ गर्दा रोहित नाम गरेका युवाले उक्त ट्रकबाट ३ वटा पानीको जारमा ६० लिटर डिजेल चोरी गरी पोखरा-दमौली चल्ने बस धनी  श्रेष्ठलाई .४,००० रुपैयाँमा बेचेको  भेटिएको हो ।

उनीहरूलाई पक्राउ गरी चोरी तथा डाँका सम्बन्धी मुद्दामा ७  दिनको  म्याद थप गरी अनुसन्धान प्रक्रिया अगाडी बढाइएको प्रहरीले जनाएको छ  ।

Top Post Ad

post bottom ads

Ads Bottom