Breaking Posts

6/trending/recent
Type Here to Get Search Results !

घरभित्र पसेको बाढीले शिशुको ज्यान लियो - Brighter Khabar


असार २४  गते ।  कञ्चनपुरमा घरभित्र बाढी पस्दा डुबेर शिशुको ज्यान गएको  छ । 


कृष्णपुर नगरपालिका–१ पहरियामा आइतबार घरभित्र पसेको बाढीमा डुबेर सात महिनाका सोनु धानुकको ज्यान गएको  हो। 


राति सुतिरहेका बेला शिशु ओछ्यानबाट भुइँमा खस्दा पानीमा डुबेर शिशुको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक चक्रराज जोशीले जानकारी दिनुभयो । 


यसैगरी बेल्डाँडी गाउँपालिका–३ वैवाहका २३ वर्षीय डम्बर चौधरी नदीको बाढीमा बगेर बेपत्ता भएका छन् । प्रहरी र स्थानीयको सहयोगमा अहिले उनको खोजी भइरहेको छ । 

Top Post Ad

post bottom ads

Ads Bottom