Breaking Posts

6/trending/recent
Type Here to Get Search Results !

पोखरा महानगरमा अख्तियारको छापा, मणिपालसँग सम्बन्धित कागजात नियन्त्रणमा - Brighter khabar


असार १८ गते ।  मणिपाल शिक्षण अस्पताललाई कानुन विपरीत राजस्व छुट दिइएको उजुरीपछि  अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मङ्गलवार पोखरा महानगरपालिका कार्यालयमा छापा मारेको छ ।  

अख्तियारले छापा मारेर महानगरबाट मणिपालसँग सम्बन्धित कागजात नियन्त्रणमा लिएको जनाएको छ । 

पोखरा महानगरले वडा नम्बर ११ मा रहेको मणिपाल शिक्षण अस्पताललाई करिब २० करोड कर छुट दिएर घर नक्सा सम्पन्न प्रमाणपत्र दिएपछि अख्तियारमा उजुरी परेको थियो । 

महालेखा परीक्षकको प्रतिवेदनले यसमा प्रश्न उठाएपछि महानगरले  उक्त  छुट दिने निर्णय बदर गरिसकेको छ । महालेखाले मणिपालले २१ करोड ५७ लाख बुझाउनुपर्ने औँल्याएको छ ।

Top Post Ad

post bottom ads

Ads Bottom