Breaking Posts

6/trending/recent
Type Here to Get Search Results !

जङ्गली च्याउ खाँदा तीन जनाको मृत्यु, ३४ जना बिरामी - Brighter khabar


मकवानपुरको विभिन्न स्थानमा असार महिना सुरु भएयता जङ्गली च्याउ खाएर एक बालसहित तीन जनाको मृत्यु भएको छ । ३४ जना बिरामी परेका छन् । 


असार ३ गतेदेखि बिहीबारसम्ममा  मकवानपुरको विभिन्न स्थानमा जङगली विषादीयुक्त च्याउ खाँदा ३७ जना बिरामीभएका मध्ये तीन जनाको मृत्युभएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । 


राक्सिराङ गाउँपालिका ७ दुगुवाङका ५५ वर्षीय बलबहादुर प्रजा,  कैलाश गाउँपालिका ९ नामटारका २५ वर्षीया निरुमाया रुम्बा र कैलाश गाउँपालिका ९ नामटारका ४ वर्षीय दिपेश लामाको जंगली च्याउ खाएपछि मृत्यु भएको हो । 


प्रहरीका अनुसार च्याउ खाएर बिरामी भएका मध्ये हाल आठ जना उपचाररत रहेको र २६ जना विभिन्न स्वास्थ्य संस्थामा उपचारपछि घर गएका छन् ।


यसैबिच बुधबार राति मकवानपुरको भीमफेदी गाउँपालिकामा जङ्गली च्याउ खाँदा एकै परिवारका सात जना बिरामी परेका थिए । 


भीमफेदी गाउँपालिका ६ स्थित उर्लाघारीका एकै परिवारका सदस्यले जङ्गली च्याउ खाई बिरामी भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । 


च्याउ खाएर गएराति बिरामी भएका सबैको अवस्था सामान्य छ । 

Top Post Ad

post bottom ads

Ads Bottom