Breaking Posts

6/trending/recent
Type Here to Get Search Results !

एकाबिहानै पहिरोले घर पुरिँदा ५ जना बेपत्ता - Brighter khabar


साउन१३, गोरखाको धार्चे-५ मा पहिरो जाँदा पाँच जना बेपत्ता भएका छन् । धार्चेका जीतबहादुर गुरुङ कान्छी गुरुङ र सुकलाल गुरुङ रहेका छन् । उनीहरु एउटै परिवारका हुन् ।


त्यसैगरी बेपत्ता हुने दुई जनामा वाटर ईनर्जी हाईड्रोमा कार्यरत कर्मचारी रहेको गोरखाका प्रमुख जिल्ला अधिकारी भोला दाहालले जानकारी दिनुभयो । पहिरोमा परी २ जना घाईते भएका छन् । दिलिप गुरुङ र छम बहादुर गुरुङ घाईते भएका छन् ।


आज बिहान करिब तीन बजेतिर एउटा घर र एउटा कृषि फर्मलाई पहिरोले पुरेको थियो । पहिरोमा घर र कृषि फर्म पुरिएको खबर पाए लगत्तै खोज तथा उद्धारका लागि नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी र स्वास्थ्यकर्मीको टोली परिचालन गरिएको प्रमुख जिल्ला अधिकारी दाहालले जानकारी दिनुभयो ।

Top Post Ad

post bottom ads

Ads Bottom