Breaking Posts

6/trending/recent
Type Here to Get Search Results !

एसइईमा गोरखाका ११ वटा विद्यालयको नतिजा शून्य - Brighter Khabar


असार १९ गते । माध्यमिक शिक्षा परीक्षा एसइई मा गोरखामा ११ वटा सामुदायिक विद्यालयका विद्यार्थीको  नतिजा शत प्रतिशत एन जी आएको छ ।

शिक्षा विकास तथा समन्वय इकाईका अनुसार उत्तरी गोरखाको धार्चे गाउँपालिका–५ गुम्बास्थित सूर्योदय मावि, वडा न ७ स्थित कालरात्रि मावि, बडा न ६ स्थित काशीगाउँको मञ्जुश्री मावि, वडा न ७ लापुवेशीस्थित प्रभात किरण मावि, आरुघाट गाउँपालिकाको गणेश मावि र अलैचे मावि, गोरखा नगरपालिका–८ स्थित रत्नलक्ष्मी मावि डुम्रीडाडा र सहिद लखन गाउँपालिका १ स्थित महेन्द्र शक्ति मावि बक्राङ,  सिरानचोक गाउँपालिकाका २ वटा सामुदायिक विद्यालय नेपाने मावि केराबारी र हिमाली मावि गाँखुबाट कुनै पनि विद्यार्थी उत्तीर्ण भएनन् ।

गोरखा जिल्लामा तीन हजार ६२८ जनाले परीक्षा दिएकोमा एक हजार १६३ जनाले मात्र एसइई उत्तीर्ण गरेका छन्  । त्यसमध्ये दुई हजार ४६५ जना परीक्षार्थीहरू अनुत्तीर्ण भएका हुन् ।

शिक्षा विकास तथा समन्वय इकाई गोरखाका अनुसार  यस वर्षको एसइईमा गोरखा जिल्लाबाट ३३ प्रतिशत मात्र विद्यार्थी उत्तीर्ण भएका हुन् ।

Top Post Ad

post bottom ads

Ads Bottom