Breaking Posts

6/trending/recent
Type Here to Get Search Results !

स्याङ्जामा खोला तर्ने क्रममा एकजनाको ज्यान गयो - Brighter khabar

स्याङ्जा – खोला तर्ने क्रममा स्याङ्जामा एकजनाको ज्यान गएको छ । 


पुतलीबजार नगरपालिका वडा नं.-०१ वीरेन्द्रनगर बस्ने वर्ष ७४ को तिलबहादुर भुजेललाई अर्गौदीखोला तर्ने क्रममा खोलाले बगाई घाईते भएकाेमा मृत्यु भएकाे हाे ।


खोलाले बगाएपछि उनको आफ्नै छोरा होमबहादुर भुजेलले उद्धार गरी उपचारकालागि जिल्ला अस्पताल स्याङ्जा लगेका थिए । 


भुजेलको उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाले जनाएको छ । 

मृतकको शव अस्पतालमै  छ । 


Top Post Ad

post bottom ads

Ads Bottom