Breaking Posts

6/trending/recent
Type Here to Get Search Results !

पोखरीमा नुहाउने क्रममा डुबेर तीन बालिकाको ज्यान गयो - Brighter khabar


असार २०, धनुषामा पोखरीमा डुबेर आज तीन बालिकाको मृत्यु भएको छ । धनौजी गाउँपालिका–५ बहुअर्वामा सार्वजनिक पोखरीमा डुबेर उनीहरुको मृत्यु भएको हो ।


दिउँसो पोखरीमा नुहाउने क्रममा करिब १०–१२ वर्ष उमेर समूहका तीन बालिकाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता एवं प्रहरी नायव उपरीक्षक रन्जन अवाले जानकारी दिनुभयो । मृत्यु हुनेमा बहुअर्वाका मुस्कान खातुन, जिनत खातुन र अजमेरी खातुन रहेका छन् ।


बालिकाहरु पोखरीमा डुबेको देखेपछि स्थानीयले बचाउने प्रयास गरेका थिए । तीनैजनाको शव परीक्षणका लागि प्रादेशिक अस्पताल जनकपुरमा राखिएको प्रहरीले जनाएको छ ।

Top Post Ad

post bottom ads

Ads Bottom