Breaking Posts

6/trending/recent
Type Here to Get Search Results !

स्याङ्जा आँधिखोला किनारमा खोलाले बगाएर ल्याएको अवस्थामा एक पुरुषको शव फेला - Brighter khabar

सांकेतिक तस्विर 


स्याङ्जा असार २२ गते । स्याङ्जामा एक पुरुषको शव भेटिएको छ । शनिवार  स्याङ्जा आधिखोला गाउँपालिका-४ सेपतस्थित आँधिखोला किनारमा पुरुषको शव भेटिएको हो । 

पर्वत फलेवास नगरपालिका-०१ बस्ने करिब ४० वर्षीय झलक पौडेल शनिवार साँझ खोला किनारमा मृत भेटिएका हुन् ।  आँधिखोलाले बगाई ल्याएको अवस्थामा उनको शव फेला परेको जिल्ला प्रहरी कार्यालय  स्याङ्जाका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक इन्द्र बहादुर रानाले जानकारी दिए ।

प्रहरीका अनुसार  घटनाको सम्बन्धमा थप अनुसन्धान भइरहेको छ।

Top Post Ad

post bottom ads

Ads Bottom