Breaking Posts

6/trending/recent
Type Here to Get Search Results !

पोखरामा पुलबाट हाम फालेर घाइते भएका एक पुरुषको उपचार हुँदै - Brighter khabar

सांकेतिक तस्विर 

पोखरा, असार २५ गते । पुलबाट हाम फालेका नेत्र नाथ कोइराला घाइते भएका छन् । 

मङ्गलवार  पोखरा महानगरपालिका वडा नं. ३२ खुँदी खोला स्थित पक्की पुलबाट हाम फालेका नेत्र नाथ कोइराला घाइते भएका हुन् । 

तनहुँ सुक्ला गण्डकी नगरपालिका वडा नं. १ बस्ने  ४० वर्षीय  नेत्रले पुलबाट हाम फालेको देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए । 

प्रहरी चौकी जनताको चौताराबाट प्रहरी टोली खटिई गई स्थानीय व्यक्तिहरूको सहयोगमा खोलाको ढुङ्गामा अड्किएको अवस्थामा फेला पारी उनको  उद्धार गरिएको प्रहरीले जनाएको छ ।

बायाँ खुट्टामा चोट लागेका उनलाई उपचारका लागि  पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पठाइएको र अवस्था मध्यम रहेको छ ।

हाम फाल्नुको कारण नखुलेको र थप अनुसन्धान कार्य भई रहेको प्रहरीले जनाएको छ  ।

Top Post Ad

post bottom ads

Ads Bottom