Breaking Posts

6/trending/recent
Type Here to Get Search Results !

त्रिशूलीले बगाएको बस र यात्रीको खोजीमा प्रयोग भएको चुम्बक हरायो - Brighter khabar


साउन १२, त्रिशूलीमा बगाएका दुईवटा बस र तिनमा सवार यात्रीको खोजी गर्नका लागि भारतबाट ल्याइएको १९ किलोको चुम्बक त्रिशूलीमा हराएको छ। 


नारायणगढ–मुग्लिन सडकको सिमलतामा पहिरोमा बेपत्ता बस र यात्रुहरुको खोजी गर्न भारतिय नेशनल डिजास्टर रेस्पोन्स फोर्सले ल्याएको पानीमुनि खोजतलासमा प्रयोग हुने यन्त्र उपकरणलगायत सेट अन्तरगर्तको १९ किलोको चुम्बक आज खोजी गर्ने क्रममा हराएको हो ।


 नेपाल सरकारले भारत सरकारलाई पत्राचार गरेसँगै भारतले  नेशनल डिजास्टर रेस्पोन्स फोर्स (एनडिआरएफ) को १२ सदस्यीय टोली नेपाल पठाएको थियो। टोलीले १९ र १४ किलोको दुई चुम्बक ल्याएका थिए। सो मध्य १९ किलोको चुम्बक खोजतलासका क्रममा हराएको हो।


सहायक अधिकारीले भारतीय टोलीसहितको उपकरणले खोजी गर्दा पनि दुई वटा बस तथा यात्रुको खोजी कार्यमा खासै प्रगति नदेखिएको सुनाए। अब खोजी कार्य जारी राख्ने कि स्थगित गर्ने भन्नेबारे भोलि छलफल गरिने उनको भनाइ छ।  ‘शवहरू पनि फेला पर्न छोडे। अब थप खोजी गर्न कि नगर्ने भन्नेबारे हाम्रो र भारती टोली दुवै बसेर भोली निर्णय गर्नेछौँ।’ उनले भने।


गत असार २८ गते शुक्रबार वीरगञ्जबाट काठमाडौंतर्फ आउँदै गरेको बागमती प्रदेश ०३–००६ ख १५१६ नम्बरको एन्जल डिलक्स र काठमाडौंबाट गौरतर्फ जाँदै गरेको बागमती प्रदेश ०३–२४९५ ख ००१ नम्बरको गणपति डिलक्स बस सहित बसमा सवार ६५ जनामध्ये तीन जना सकुशल निस्किएका पनि ६२ जना बेपत्ता भएका थिए।

Top Post Ad

post bottom ads

Ads Bottom