Breaking Posts

6/trending/recent
Type Here to Get Search Results !

सालकको आखेटोपहार ओसारपसार गरेको आरोपमा ६ जना पक्राउ - Brighter khabar


साउन ११, संरक्षित बन्यजन्तु सालकको आखेटोपहार ओसारपसार गरेको आरोपमा चितवन राष्ट्रिय निकुञ्जले ६ जनालाई पक्राउ गरेको छ ।


पक्राउपर्नेमा नुवकोट बेलकोटगढी नगरपालिका-१३ का निरन भड्ताल, सोही ठाउँका रामचन्द्र सुनार, वडा नं. ६ का विक्रम गहतराज, नुवाकोट विदुर नगरपालिका- १२ का रामवहादुर मिजार, बागेश्वरी गाउँपालिकाका रामकुमार सुनार र लिखु गाउँपालिका- ५ का रामकृष्ण मिजारलाई पक्राउ गरिएको चितवन राष्ट्रिय निकुञ्जले जनाएको छ ।


चितवन राष्ट्रिय निकुञ्जका कर्मचारी र सुरक्षार्थ तैनाथ नयाँ गोरखगणको संयुक्त अपेशन टोलीले विशेष सूचनाका आधारमा भरतपुरको वडा नं. ८ मा स्थित बरण्डाभार मध्यवर्ती उपभपोक्ता समितिको क्षेत्रबाट दुईजनालाई पक्राउ गरेको थियो ।


बा.३८प ९३३२ नम्बरको कालो रंगको होण्डा साईन माटरसाईकलमा आइरहेका दुईजनालाई चेकजाँचगर्ने क्रममा उनीहरुको झोलाबाट संरक्षित बन्यजन्तु सालकजस्तो देखिने आखेटोपहार भेटिएको थियो ।


बरामद गरिएको बस्तुसहित नुवाकोट बेलकोटगढी नगरपालिका वडा नं. १३ का निरन भड्ताल र सोही वडाका रामचन्द्र सुनारलाई पक्राउ गरेको हो । अन्यलाई भने भड्ताल र सुनारले दिएको बयानको आधारमा पक्राउ गरिएको चितवन राष्ट्रिय निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीले जानकारी दिनुभयो ।

Top Post Ad

post bottom ads

Ads Bottom