Breaking Posts

6/trending/recent
Type Here to Get Search Results !

मेरिगोल्डद्वारा एसइई उत्तीर्ण विद्यार्थीहरूलाई बधाई तथा सम्मान - Brighter khabar


पोखरा, पोखरा महानगर वडा नम्बर १५ मा अवस्थित मेरिगोल्ड अङ्ग्रेजी आवासीय माविले एसइई उत्तीर्ण विद्यार्थीहरूलाई  बधाई एवम् सम्मान गरेको छ । 

विद्यालयले आफ्नो सभा हलमा एक कार्यक्रमका बिच विद्यार्थी तथा अभिभावकलाई  सम्मान गरेको हो ।

परीक्षामा सहभागी विद्यार्थीहरूले गत वर्षहरूमा जस्तै यस वर्ष पनि सत प्रतिशत विद्यार्थी उत्कृष्ट श्रेणी सहित उत्तीर्ण भएका थिए  । 

विद्यालयका संस्थापक निर्देशक मोतीराम गुरुङको अध्यक्षतामा सम्पन्न भएको उक्त कार्यक्रममा संस्थापक निर्देशक गुरुङ, प्राचार्य शर्मिला गुरुङ , विद्यालयका होटेल व्यवस्थापन संकायका संयोजक एवम् करियर काउन्सेलर विकास गुरुङ लगायतले बोल्नुभएको थियो ।

शिशु कक्षा देखि कक्षा १२ सम्म पढाइ हुने यस मेरिगोल्ड अङ्ग्रेजी आवासीय मा वि मा प्लस टु तर्फ व्यवस्थापन अन्तर्गत होटेल व्यवस्थापन र कम्प्युटर साइन्स का विषयहरू पढाइ हुँदै आइरहेको छ । 

वि. स. २०४५ सालदेखि देशको शैक्षिक उन्नयनमा महत्त्वपूर्ण भूमिका खेल्दै आइरहेको र आगामी दिनमा पनि अझै नयाँ ढङ्गले नयाँ पद्धति अनुसार अगाडी बढ्न सोहीअनुसारको शैक्षिक र भौतिक व्यवस्थापनमा आफू  लागि परिरहेको विद्यालय संस्थापक निर्देश मोतीराम गुरुङले बताउनुभयो ।

Top Post Ad

post bottom ads

Ads Bottom