Breaking Posts

6/trending/recent
Type Here to Get Search Results !

पहिरोका कारण देशभरका नौवटा सडकखण्ड पूर्ण रूपमा अवरुद्ध - Brighter Khabar

 

पोखरा, साउन ८ गते ।

बाढीपहिरो तथा अन्य कारणले देशभरका नौवटा सडकखण्ड पूर्ण रूपमा अवरुद्धभएका छन् । 


एक सय ५९ सडकखण्ड एकतर्फी सञ्चालनमा छन् । सडक विभागको तथ्याङ्कअनुसार नौ वटा सडकखण्ड पूर्ण रूपमा र एक सय ५९ सडकखण्ड अहिले एकतर्फी सञ्चालनमा छन् । विभागकाअनुसार डुम्रे–बेंसीसहर–चामे, तानसेन–रिडी–कोरला, पुष्पलाल (मध्यपहाडी) राजमार्गको बाग्लुङ, र डोटीलगायत सडकखण्ड पूर्ण रूपमा अवरुद्ध छन् । 


ती सडकको विभिन्न ठाउँमा पहिरो पन्छाउने काम भइरहेको छ । पूर्व पश्चिम मुख्य राजमार्गमा भने अहिलेसम्म कुनै अवरोध छैन । राजमार्गमा नियमितरुपमा गाडि चलिरहेका ट्राफिक प्रहरीले जनाएको छ ।यस्तै विभागले रातको समयमा बाढीपहिरोजस्ता मनसुनजन्य विपद्का कारण यात्रा असुरक्षित हुने भन्दै आवातजावत नगर्न आग्रह समेत छ ।


मौसम पूर्वानुमान महाशाखाकाअनुसार गएराति काठमाण्डौ उपत्यकासहित देशका विभिन्न ठाउँमा ठूलो पानी परेको छ । ठूलो पानी परेका क्षेत्र भएर बग्ने नदी खोलाको तटीय क्षेत्रमा सावधानी अपनाउन भनिएको छ ।  

Top Post Ad

post bottom ads

Ads Bottom