Breaking Posts

6/trending/recent
Type Here to Get Search Results !

उपसभामुख इन्दिरा रानालाई अमेरिकीद्वारा भिसा दिन अस्वीकार - Brighter Khabar


साउन २, संघीय संसद्की उपसभामुख इन्दिरा रानालाई अमेरिकी सरकाले भिषा दिन अस्वीकार गरेको छ । उपसभामुख रानाले आफू लगायत ६ जना युवाको नाम राखेर काठमाडौस्थित अमेरिकी दूतावासमा भिसाका लागि आवेदन दिएकी थिइन् । तर,अमेरिकाले उनीसहित कसैलाई पनि भिसा दिन अस्वीकार गर्यो ।


राष्ट्रिय स्वतन्त्र पार्टी आवद्ध रहेका युवाहरुबाट मोटो रकम लिएर उपसभामुखमार्फत अमेरिका पठाउन खोजेको स्रोतले दावी गरेको छ । यसबारे सबै तथ्य छिट्टै सार्वजनिक हुने खबर नेपाल समाचारपत्रमा  छ ।


राज्यबाट भिआइपी सुविधा पाउने कुनै पनि व्यक्ति विदेश जानुपरे भिसा लगायतका सबै प्रक्रिया सरकारी संयन्त्रले नै अघि बढाउने प्रचलन रहेको छ तर उपसभामुखको हकमा संसद सचिवालय हुँदै परराष्ट्रबाट सबै काम हुने गर्छ । तर, उपसभामुख रानाले भने सिधै आफै पत्र लेखेर भिसाका लागि आवेदन दिएको दाबी गरिएको छ ।


यसअघि एनआरएनए युकेको निमन्त्रणामा गत मार्च २ तारिख लण्डन जान लाग्दा पनि रानामगरको भ्रमण भीसा अस्वीकृतिका कारण अन्तिम समयमा स्थगित हुन पुगेको थियो ।

Top Post Ad

post bottom ads

Ads Bottom