Breaking Posts

6/trending/recent
Type Here to Get Search Results !

अवैध बाटो भएर ८० लाख खर्च गरी अमेरिका पुगेका एक नेपाली युवाको गोली हानि हत्या - Brighter khabar


साउन १४ गते । रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका–१० सेजेका ३० वर्षीय दीपक ओलीको अमेरिकामा हत्या भएको छ । अमेरिकाको टेक्सासमा आइतबार बिहान बन्दुकधारी लुटेरा समूहको आक्रमणबाट ओलीको हत्या भएको हो । 


उनले काम गर्ने टेक्ससको वाको सिटी नजिक हाइवे ३५ को एक्जिट ३४६ मा रहेको ग्याँस स्टेसनमा गोली हानेर हत्या गरिएको खबर पाएको परिवारले जनाएको छ । 

आइतबार बिहान करिब ५ बजेतिर बन्दुकधारी लुटेराहरूले गोली प्रहार गरेर हत्या गरेको र शव पोस्ट मार्टमको लागि अस्पताल लगिएको उनका आफन्तले जनाएका छन्  । 

दीपकको हत्याको खबरपछि गाउँ नै शोकाकुल बनेको छ । उनी एक वर्षअघि मात्र अमेरिका पुगेका थिए  । सन् २०२३ को जुलाई महिनामा अमेरिका पुगेका दीपक अवैध बाटो (तल्लो बाटो) अमेरिका पुगेका थिए  ।

उनले  २०७९ मङ्सिरमा घर छोडेर हिँडेको भए पनि  अमेरिका पुग्ने क्रममा बाटोमै करिब डेढ वर्ष र ८० लाख रुपियाँ खर्च भएको उनको परिवारले जनाएको छ  । 

परिवारको थाप्लोमा अहिले दीपकलाई अमेरिका पठाउँदा लागेको ऋणको बोझ छ । छोराको मृत्युपछि विक्षिप्त बनेका बाबुलाई छोरो पठाउँदा लगेको ऋणको भारी कसरी चुक्ता गर्ने भन्ने अर्को पिर थपिएको  छ । 

Top Post Ad

post bottom ads

Ads Bottom