Breaking Posts

6/trending/recent
Type Here to Get Search Results !

करेन्ट लगाइ माछामार्ने क्रममा एक जनाको ज्यान गयो - Brighter khabar


साउन ७ गते । झापाको दमक नगरपालिका–३ धिमाल टोलको खोल्सीमा करेन्ट लगाइ माछामार्ने क्रममा एक जनाको मृत्यु भएको छ । 


स्थानीय १९ वर्षीय मौसम राईको मृत्यु भएको प्रहरीले जनाएको छ । इलाम सूर्योदय नगरपालिका –१३  लक्ष्मीपुर घर भई दमकमा बस्दै आएका राई सोमबार दिउँसो २ बजेको समयमा करेन्ट लगाएर माछा मार्नेक्रममा घाइते भएका थिए  । 


घाइते राईको उपचारका लागि दमक आम्दा अस्पतालमा लगिएकोमा उपचारका क्रममा सोहिदिन साढे ३ बजे मृत्युभएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । यसबारेमा प्रहरीले थप अनुसन्धान भइरहेको जनाएको छ । 

Top Post Ad

post bottom ads

Ads Bottom