Breaking Posts

6/trending/recent
Type Here to Get Search Results !

पटक पटक डकैती गर्दै आएका एक युवकलाई गोली हानेर समातियो - Brighter khabar


असार ३१ गते । महोत्तरी जिल्लाको सर्लाही महोत्तरीको सीमानाकाबाट प्रहरीले एक राउन्ड गोली प्रहार गरी एक डाँकालाई नियन्त्रणमा लिएको छ ।


जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक सन्तुलालप्रसाद जैसवारले लामो समयदेखि महोत्तरी, सर्लाही, सिराहा, सिन्धुली लगायतका जिल्लामा पटक पटक डकैती गर्दै आएका सर्लाही लालबन्दी २ बस्ने विजेन्द्र पासवानलाई गोली प्रहार गरी पक्राउ गरिएको जानकारी दिनुभयो ।


आइतबार जिल्लाको सोनमा गाउँपालिका वडा नंं ५ खैरबनी स्थित सर्लाही र महोत्तरीको सिमानामा रहेको सितलपुरबाट उनलाई घुँडामुनि एक राउन्ड गोली प्रहार गरी पक्राउ गरिएको प्रवक्ता जैसवारले बताउनुभयो ।


जिल्ला प्रहरी कार्यालय महोत्तरीबाट यस क्षेत्रमै डाँका रहेको सूचनाको आधारमा पछाउँदै जाँदा सितलपुरमा जम्काभेट हुँदा नियन्त्रणमा लिन गोली प्रहार गरिएको प्रवक्ता जैसवारले बताउनुभयो ।


उहाँले घाइते रहेका पासवानलाई उपचारको लागि प्रादेशिक अस्पताल जलेश्वरमा राखिएको र थप विवरण पछि सार्वजनिक गर्ने जानकारी दिनुभयो ।

Top Post Ad

post bottom ads

Ads Bottom