Breaking Posts

6/trending/recent
Type Here to Get Search Results !

पोखरामा पत्रकारमाथि हातपात गर्ने ५ जना यातायात मजदुर पक्राउ - Brighter khabar


पोखरा, साउन १३ गते ।  कास्की प्रहरीले  पत्रकारमाथि हातपात गर्ने ५ जनालाई  पक्राउ गरेको छ । आज  समाचार सङ्कलनका क्रममा पोखराको पृथ्वी चोकमा पत्रकार द्वय सुरज थापा मगर र बिनाकुमारी थापामाथि  हातपात गर्ने ५ जनालाई प्रहरीले नियन्त्रणमा लिएको हो । 

पोखरा-९ शान्ति वन बस्ने ४१ वर्षीय ट्याक्सी चालक  सूर्यबहादुर नेपाली, गोरखा घर भई हाल पोखरा-९ पृथ्वी चोक बस्ने ३३ वर्षीय बुद्धिबहादुर बयलकोटी, पोखरा १६ लामाचौरका १६ वर्षीय  बसका सहचालक प्रशान गुरुङ, लमजुङ सुन्दर बजार १ कुन्छा घर भई हाल पोखरा ५ जिरो किमी बस्ने  २८ वर्षीय ट्याक्सी चालक सन्तोष बस्नेत र स्याङ्जा आँधी खोला वडा नम्बर २ पोखरा चौर घर भई हाल पोखरा १७ घारी पाटन बस्ने ३५ वर्षीय टङ्कबहादुर क्षत्रीलाई प्रहरीले नियन्त्रणमा लिएको कास्की प्रहरीले जनाएको छ  । 

प्रहरीका अनुसार उनीहरूलाई नियन्त्रणमा लिई थप अनुसन्धान कार्य अगाडी बढाइएको छ । 

Top Post Ad

post bottom ads

Ads Bottom