Breaking Posts

6/trending/recent
Type Here to Get Search Results !

विन्दवासिनी सहकारी ठगी प्रकरण: पुन अर्का फरार प्रतिवादी पक्राउ, अझै १४ जना फरार लिस्टमा - Brighter Khabar


पोखरा-  विन्दवासिनी सहकारी ठगी सम्बन्धी मुद्दाका १ जना फरार प्रतिवादी पक्राउ परेका छन् । पोखरा महानगरपालिका वडा नं. ९ न्यूरोड स्थित सञ्चालनमा रहेको श्री विन्दवासिनी बचत तथा ऋण सहकारी संस्था लिमिटेडका पूर्व लेखा समिति सदस्यलाई कास्की प्रहरीले पक्राउ गरेर सार्वजनिक गरेको हो । 

कास्की पोखरा महानगर  वडा नं. १४ औद्योगिक क्षेत्र बस्ने वर्ष ४० का हरि प्रसाद अधिकारीलाई जिल्ला प्रहरी कार्यालय कास्कीबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो । 

हालसम्म विन्दवासिनी सहकारी ठगी मुद्दामा १७ जना पक्राउ गरिएको र १४ जना फरार रहेको जिल्ला प्रहरी कार्यालय कास्कीका  प्रहरी नायव उपरीक्षक  वसन्त कुमार शर्माले जानकारी दिए ।  

Top Post Ad

post bottom ads

Ads Bottom