Breaking Posts

6/trending/recent
Type Here to Get Search Results !

माइत बस्न गएकी महिलालाई मध्ये रातामा प्रवेश गरी जबरजस्ती करणी गरेको आरोपमा दुई जना पक्राउ - Brighter Khabar


साउन १० गते । एक जना महिला र बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा तीनजना पक्राउ परेका छन् । अर्का एक जना फरार छन् । 


बनगाड कुपिण्डे नगरपालिका –१ बुरेलीस्थित माइतीघरमा सुतेकी २३ वर्षीया महिलामाथि जबरजस्ती करणी गरेको आरोपमा दुई जनालाई प्रहरीले नियन्त्रणमा लिएको हो ।


गत असार ३१ गते राति १२ बजेतिर तीन जना व्यक्ति महिलाको माइतीघरमा जबर्जस्ती प्रवेश गरेर महिलालाई घिसार्दै घरबाहिर बार्दलीमा ल्याएर जबरजस्ती करणाी गरेको प्रहरीले जनाएको छ ।


जिल्ला प्रहरी कार्यालय सल्यानका सूचना अधिकारी प्रहरी निरीक्षक रेशमबहादुर खत्रीले जबरजस्ती करणीको आरोपमा बनगाड कुपिण्डे नगरपालिका –१ देवस्थल बस्ने वर्ष २१ को वसन्त बुढा र जाजरकोटको जुनीचाँदे ८ घर भई हाल वनगाड कुपिण्डे नगरपालिकाको देवस्थल बस्ने वर्ष २४ को मानबहादुर रावतलाई पक्राउ गरिएको जानकारी दिनुभयो । 


उहाँका अनुसार उनीहरुले घरभित्र सुतिरहेकी नाबालक छोरासहितका महिलालाई जबर्जस्ती तान्दै घिसार्दै कोठा बाहिर बार्दलीमा ल्याएर संवेदनशील अङ्गमा समात्दै जबरजस्ती उद्योग गरेको र प्रतिवादीमध्येको एक जनाले फेरि महिलालाई बार्दलीबाट घिसार्दै ३० फिट टाढा शौचालय नजिकै लगेर बलात्कार गरेका थिए ।


जबर्जस्ती करणी गरेर फरार रहेका उनीहरुलाई पीडित महिलाले साउन १ गते जाहेरी दिएपछि जिल्ला अदालतबाट पक्राउपुर्जी लिएर प्रहरीले खोजतलास गर्ने क्रममा सल्लीबजार नजिकबाट पक्राउ गरिएको हो ।  एकजना फरार प्रतिवादीको पनि खोजी भइरहेको प्रहरीले जनाएको छ ।

Top Post Ad

post bottom ads

Ads Bottom