Breaking Posts

6/trending/recent
Type Here to Get Search Results !

स्याङ्जाको अर्जुनचौपारी ३ आग्रीखर्कमा भीषण आगलागी , दुई वटा गोठ जलेर नष्ट - Brighter khabar


साउन २,  स्याङ्जाको अर्जुनचौपारी गाउँपालिका वडा नम्बर ३ आग्रीखर्कमा बुधवार रातिको समयमा भएको आगलागीबाट २ ओटा गोठ पुर्णरुपमा जलेर नष्ट भएका छन् ।

आग्रीखर्क गाउँको  सिरानमास्थित  कापेढुंगामुनी भन्ने स्थानमा बस्ने केदार लम्साल र यामप्रसाद लम्साल (दाजुभाइ) को गोठहरू भीषण आगलागीबाट पूर्ण रूपमा नष्ट भएको हो ।

स्थानीय छिमेकीहरूको पहलमा गोठसँगै सटेको घरलाई भने  आगोबाट बचाउन सफल भएको स्थानीय डाँसिराम पौडेलले जानकारी दिनुभयो । पौडेलका अनुसार गोठ खरको छानो अनि बाँस र काठ पातले बनेको र त्यसभित्र भएको दाउरा घुरान इत्यादि आगोले सबै सखाप पारेको छ ।

 आगो निभाउन छिमेकी गाउँ घडेरी तथा लाम्तुनदेखि आएर स्थानीयहरूले सहयोग गरेका थिए । 

साथै गोठमा भएका दुई वटा भैँसीलाई हाल अन्यत्र सारिएको र राति १० बजे आगो पूर्ण नियन्त्रणमा आइसकेको पौडेलले बताउनु भयो ।

आर्थिक अवस्था कमजोर रहेकाले पीडित दाजुभाइ द्वयलाई सहयोग गर्न समेत पौडेलले सामाजिक सञ्जालमार्फत अनुरोध गरेका छन् ।

Top Post Ad

post bottom ads

Ads Bottom