Breaking Posts

6/trending/recent
Type Here to Get Search Results !

त्रिशूली नदीमा बेपत्ताहरूको खोजी कार्यको ताजा अपडेट के छ त - Brighter Khabar

साउन २, अविरल वर्षसंगै सडक माथिबाट आएको लोदो सहितको ढुङ्गका  कारण मुग्लीन नरायणघाट सडक खण्डको सिमलतालमा दुई ओटा यात्रु वाहब बस एकै पटक लोदोले बगाउदा त्रिशुली नदीमा वेपत्ता भएको आज छ दिन भइसक्दा बसको अझै कुनै पत्तो लाग्न सकेको छैन ।


यो दुर्घटनामा परी बस सहित बसमा सवार सबै यात्रुहरु त्रिशुली नदीमा बेपत्ता भएको हो । दुर्घटनामा परी वेपत्ता सवारीको खोजी कार्य जारी रहेको छ भने विस्तारै वेपत्ता यात्रुहरुको शव भेटाउने क्रम जारी छ । अहिले सम्म १७ शव भेटिएका छन् जस मध्ये ८ को मात्र सनाखत भएको  छ ।


वेपत्ता बसको खोजीमा पानी मुनी बोरोस्कोपको,पानी मुनी चलाईने क्यामेरा, ड्रोनलगाएत सोनारको प्रयोग गरेकोमा अहिले भने इको साउण्डरको प्रयोग गरी खोजी कार्य गरिरहेको छ ।


पहिलो प्रयोग गरेको उपकरणले खोजी कार्य त्यति प्रभावकारी नभए पछी आधुनीक ईको साउण्डर प्रयोगमा ल्याईएको हो ।इको साउण्डर भने यो नदीको गहिराई नाप्पनेको लागी प्रयोग गरिने उपकरण भएको र यसले नदीको गहिरो भागमा भएको बस्तुहरुको ग्राफ मात्रै बनाउने गर्दछ ।


त्यसैको आधारमा संकस्पद स्थानमा खोजी गर्ने प्राविधिकहरुको भनाई छ । नदीको गरिहारईमा बस्तुसंग ठक्कर खाँदा डुङ्गा भए यसले डल्लो र भि–आकारको इको ग्राफ देखाउछ । यसले फालेको ध्वनी अनुसार ग्राफ मनीटरमा निस्कने र त्यही आधारमा खोजी गर्ने ईन्जीनियर युवराज देवकोट बताउनु हुन्छ । नदीमा बस भए त्यसको ध्वनीले आयत आकारको ग्राफ मनिटरमा देखाउछ ।


यो उपकरण पानी मुनी भएको बस्तुहरुको दृष्य हेर्ने भने प्नयोग गरिने होईन । यही उपकरणको प्रयोग गरी त्रिशुली नदीमा बेपत्ता दुई बसको खोजीका लागी सरकारले दुर्घटना स्थल सिमलताल क्षेत्रमा पर्नै त्रिशुली नदी सेती दोभभान लगाएत नारायणी नदीदेखि भारतको सीमा क्षेत्रसम्म टोली परिचालन गरेको छ ।


काडमाण्डौबाट गौर तर्फ जाँदै गरेको बाग्मती प्रदेश ०३–००१ख २४९५  नम्वरको गणपती डिलक्स र विरगंजबाट काठमाण्डौतर्फ आउदै गरेको   बाग्मती प्रदेश ०३–००६ख १५१६ नम्वरको एन्जल डिलक्स बस दुर्घटनामा परी नदीमा बेपत्ता भएको हो ।

Top Post Ad

post bottom ads

Ads Bottom