Breaking Posts

6/trending/recent
Type Here to Get Search Results !

आज देशका केही स्थानमा अत्यधिक वर्षाको सम्भावना, सतर्कता अपनाउन आग्रह - Brighter khabar


साउन ६, आज  देशभर सामान्यतया बदली रहेर कोशी र बागमती प्रदेशका पहाडी भू–भाग लगायत गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही ठाउँमा सामान्यदेखि मध्ययम तथा गण्डकी र लुम्बिनी प्रदेशको एक/दुई ठाउँमा अत्यधिक वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

अत्यधिक वर्षाका कारण मेलम्ची र इन्द्रावती लगायतका अन्य सहायक खोलामा बाढीको जोखिम रहेकोले सावधानी अपनाउन बाढी पूर्वानुमान महाशाखाले अनुरोध गरेको छ ।


बाढीसँगै धेरै पानी परेको क्षेत्रमा पहिरोकोसमेत जोखिम हुने भएकोले सावधानी अपनाउन महाशाखाको अनुरोध छ । यसैबीच आज दिउँसो गण्डकी र लुम्बिनी प्रदेशको एक दुई ठाउँमा अत्यधिक वर्षाको सम्भावना रहेको छ । 

Top Post Ad

post bottom ads

Ads Bottom