Breaking Posts

6/trending/recent
Type Here to Get Search Results !

मोटरसाइकल दुर्घटना परेर छोरीको ज्यान गयो बाबुआमा घाइते - Brighter Khabar

फाइल तस्विर 


साउन १३ गते । उत्तरी मोरङको  पर्यटकीय क्षेत्र मिक्लाजुङ गाउँपालिकाको रमिते डाँडा घुमेर फर्किने क्रममा मोटरसाइकल दुर्घटना हुँदा एकै परिवारका तीन जना घाइते भएका छन् । घाइते मध्ये छोरी बेलबारी –१ की ११ वर्षीया सुस्मिना धिमालको उपचारका क्रममा मृत्यु भएको छ । 


शनिवार दिउसो करिब सवा ३  बजेतिर मिक्लाजुङ गाउँपालिका वडा नम्बर १ झण्डे डाँडाको घुमाउरोमा मोटरसाइकल अनियन्त्रित हुँदा मोटरसाइकलमा सवार मोरङको बेलबारी– १ का ३७ वर्षीय सुनिलकुमार धिमाल,  उहाँकी ३५ वर्षीया श्रीमती चन्द्रमाया धिमाल र १३ वर्षीय छोरी सुस्मिना धिमाल घाईते हुनु भएको थियो । 


सुरक्षा प्रहरी बेस क्याम्प मिक्लाजुङले  घाईतेहरुलाई तत्काल उपचारका  लागि उर्लाबारीस्थित अरनिको हस्पिटल पुर्याएको थियो । इलाका प्रहरी कार्यालय उर्लाबारीका प्रहरी निरीक्षक देवेन्द्र दासका अनुसार गम्भीर घाइते सुस्मिनाको उपचारका क्रममा २ ः४५ बजे मृत्यु भएको हो । 


प्रहरीका अनुसार रमिते टाँडी भित्रि सडक खण्डमा बा. २७ प. १८३५ नम्बरको मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा ७० फिट तल झरेको थियो । 

Top Post Ad

post bottom ads

Ads Bottom