Breaking Posts

6/trending/recent
Type Here to Get Search Results !

पहिरोले घर पुरिएर बेपत्ता भएका ४ जनाको शव भेटियो - Brighter khabar


साउन १४, गोरखाको धार्चे गाउँपालिका–५ गुम्दाको रेसेफाँटमा पहिरोमा परी बेपत्ता भएकामध्ये ४ जनाको शव फेला परेको छ ।


आइतबार बिहान करिब ३ बजे नान्सेन सामुदायिक वनबाट झरेको लेदोसहितको पहिरोले जितबहादुर गुरुङको कृषि फर्म सहित एक घर बगाउँदा वेपत्ता भएका ५ जनामध्ये ४ जनाको शव सोमबार फेला परेको हो ।


जितबहादुर सहित उनको ६० वर्षका बुवा सुलाल कान्छा गुरुङ, उनकी श्रीमती ३५ बर्षकी कान्छी गुरुङ र सिङ्लाका ३३ वर्षीय रमेश गुरुङको शव फेला परेको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ ।


सुरक्षाकर्मी सहित स्थानीयले वेपत्ताको खोजीका क्रममा सोमबार दिउँसो पौने १ बजेदेखि पौने ३ बजेसम्ममा सुलाल, जितबहादुर र रमेशको शव घटनास्थलबाट २० देखि ३० मिटरको दूरीमा फरक फरक ठाउँमा पुरिएको अबस्थामा फेला परेको डिएसपी रमेशकुमार श्रेष्ठले बताउनुभयो ।


कान्छीको शव गण्डकी गाउँपालिका वडा नं.८ बर्खेघाट स्थित त्रिशुली नदीको किनारमा फेला परेको उहाँको भनाइ छ ।


आइतबार बिहान करीब ३ बजे नान्सेन सामुदायिक वनबाट झरेको लेदोसहितको पहिरोमा परेर ५ जना वेपत्ता भएका थिए । आइतबार दिनभरको प्रयास पनि असफल भएपछि सोमबार बिहानैदेखी जेसिबिको प्रयोग गरी खोजी भैरहेको हो ।


पहिरोले सोही ठाउँका ३७ वर्षीय जितबहादुर गुरुङको कृषि फर्म सहित एक घर बगाएको हो । सो क्रममा जितबहादुर सहित उनकी श्रीमती ३५ वर्षीय कान्छी वेपत्ता छन् ।


शव फेला परेका सुलाल जितबहादुरका वुवा हुन् । सिङ्लाका ३३ वर्षीय रमेश गुरुङ र ट्याक्टर चालक २४ वर्षीय रमेश परियार पनि बेपत्ता छन् ।


उनीहरु सबै वाटर इनर्जी प्रालीको निर्माणाधिन जलविद्युत आयोजनामा कार्यरत थिए । घटनामा घाईते भएका धार्चे गाउँपालिका–५ सिङलाका ३५ वर्षीय दिलीप गुरुङ र २७ वर्षीय खमबहादुर गुरुङको हाल ट्रमा सेन्टर काठमाण्डौमा उपचार भैरहेको छ ।

Top Post Ad

post bottom ads

Ads Bottom