Breaking Posts

6/trending/recent
Type Here to Get Search Results !

खेतबाट घर फर्किने क्रममा खोलाले बगाएर बेपत्ता भएका कार्की मृत भेटिए - Brighter khabar

फाइल तस्विर 


साउन १२, गुल्मीमा गत शनिबार खोलाले बगाएर बेपत्ता बनाएका युवा मृत फेला पर्नुभएको छ । जिल्लाको मुसिकोट नगरपालिका वडा –२ निवासी ३१ वर्षका बोमबहादुर कार्की निस्ती खोला तर्ने क्रममा खोलाले बगाएर बेपत्ता हुनुभएको थियो । 


कार्की मुसिकोटस्थित छल्दी खोलामा मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायव उपरीक्षक शंकर पोखरेलले जानकारी दिनुभयो । शवको स्थलगत मुचुल्का तयार गरिएको र पोष्टमार्टम पश्चात आफन्तको जिम्मा लगाइने प्रहरीले जनाएको छ । 


कार्की गत शनिबार बेलुकी इस्मा गाउँपालिका –१ निस्ती खेतबाट फर्किएर खोला तर्ने क्रममा बेपत्ता भएको प्रहरीले जनाएको छ । मुसिकोट नगरपालिका वडा –१ अरेवा घर भएका कार्की हाल  वडा नम्वर –२ निस्ती मामाघरमा बस्दैआएको स्थानीयले बताएका छन्  । कार्की ख वर्गका फरक क्षमताका रहेको प्रहरीले जनाएको छ ।

Top Post Ad

post bottom ads

Ads Bottom