Breaking Posts

6/trending/recent
Type Here to Get Search Results !

मुसा मार्ने वि'ष सेवन गर्दा बा'लिकाको ज्यान गयो - Brighter khabar


असार २७ गते । गुल्मीमा मुसा मार्ने विष सेवन गर्दा बालिकाको मृत्यु भएको छ ।


जिल्लाको इस्मा गाउँपालिका १ की सपना सुनारकी चार वर्षीय प्रिन्सा सुनारको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ । 


यस्तै मुसाको विष सेवन गर्दा सोही स्थानकी वसुन्धरा सुनारकी पाँच वर्षीय छोरी दिप्सना सुनार गम्भीर बिरामी भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायब उपरीक्षक शङ्कर पोखरेलले जानकारी दिनुभयो । 


आमा सपना र वसुन्धरा बारीमा कोदो रोप्न जाँदा सँगै लिएर गएका उनीहरुले बारीमा फोहोरसँगै फालिएको विष सेवन गरेका हुन् । विष सेवन गरेको थाहा पाएपछि परिवारले उपचारका लागि गुल्मी अस्पतालमा ल्याउँदा प्रिन्साको मृत्यु भएको र बिरामी दिप्सनालाई पाल्पाको लुम्बिनी मेडिकल कलेज प्रभास उपचारका लागि पठाइएको पोखरेलले बताउनुभयो । 


घटनाको बारेमा थप अनुसन्धार जारी रहेको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ ।

Top Post Ad

post bottom ads

Ads Bottom