Breaking Posts

6/trending/recent
Type Here to Get Search Results !

पालिकाका सब–इन्जिनियर अख्तियारको नियन्त्रणमा - Brighter khabar


असार १७ गते । ताप्लेजुङको फुङ्लिङ नगरपालिकाका सब–इन्जिनियर अख्तर हुसेनलाई अख्तियारको टोलीले नियन्त्रणमा लिएको छ । सेवाग्राहीसँग एक लाख रुपियाँ घुस रकम लिएको आरोपमा हुसेनलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले नियन्त्रणमा लिएको हो ।


सब–इन्जिनियर हुसेनविरुद्ध सेवाग्राहीले उजुरी दिएपछि अख्तियारको टोलीले सोमबार नियन्त्रणमा लिएको छ । सदरमुकाम फुङ्लिङ बजारस्थित कोठा भाडामा बस्दै आउनुभएका हुसेनलाई निवासबाटै अख्तियार टोलीले नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ । 


प्रहरीका अनुसार अख्तियार टोली हुसेनलाई नियन्त्रणमा लिई उहाँको कोठामा खानतलासी गरेको छ । खानतलासीको क्रममा एक लाख रुपियाँ बढी रकम फेला परेको बताइएको छ । फुङ्लिङ नगरपालिका –२ याङ्लिजुङ टोलमा निर्माणाधीन रङ्गशालाका लागि विनियोजित ६ लाख ६४ हजार रुपियाँको योजनामा निर्माण व्यवसायीबाट २० प्रतिशतले हुन आउने रकम लिएको हुसेनमाथि अभियोग लगाइएको छ । 


अख्तियारको टोलीले भने खानतलासी सहितका सबै कार्य पूरागरी मुचुल्काको प्रक्रिया पूरा भएपछि मात्र घटना विवरणबारे आधिकारिक जानकारी दिने जनाएको छ । 

Top Post Ad

post bottom ads

Ads Bottom